काठमाडौ । प्रतिनिधि सभा बिगठनपछि अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ खुवाउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।
पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यलाई नियुक्त गर्ने र त्यसपछि नयाँ प्रधानमन्त्रीले मन्त्रिपरिषदको काम अगाडि बढाउनुहुने कार्यक्रम तय गरिएको छ ।





















































