बिर्तामोड । जेनजीसँग सरकारले सम्बाद नगर्दा झडपमा प्रहरीको गोली लागेर कोशी प्रदेशमा चारजनाको मृत्यु भएको छ । धेरै घाइतेको उपचार हुँदैछ ।
घाइतेमध्ये घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । टाउकोमा गोली लागेका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको विर्तामोडस्थित बीएनसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उनीले प्रहरीसँग भएको बन्दुक खोसेर हतियार पड्काउँदा उनलाई गोली लागेको हो कि भन्ने बुझ्न आंशका छ, झापाका प्रहरी प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले भने ।
विर्तामोडकै झडपका क्रममा यसअघि झापा अर्जुनधाराका अन्दाजी ३२ वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो । त्यसै क्रममा सुनसरीको इटहरीमा झडप हुँदा २३ गते इटहरीका २३ वर्षीय अभिषेश श्रेष्ठ र इटहरी १४ का मोहन सरदारको मृत्यु भएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलले घाइतेको तथ्याङ्क भने नआइसकेको बताए । ‘हामी विवरणहरू सङ्कलन गरिरहेका छौँ । अहिलेसम्म यकिन विवरण आएको छैन,’ उनले भने ।
प्रदेश प्रहरीका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने क्रम जारी छ । ‘टोलीहरू परिचालन गरिएको छ ।





















































