अर्जुनधारा । झापको अर्जुनधारास्थित जुकेखाडीमा एकजनाको हत्या भएको छ । गएराति करिब १२ बजे दुर्गापुर–दानाबारी सडकखण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अबस्थामा एकजनाको शव फेला परेको हो । सो शव अर्जुनधारा नगरपालिका-३ जुकेखाडी निवासी कोशी भनेर चिनिने बिजय लिम्बूको भएको बताइएको छ ।
टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ ।मृतकको शव बाटोमै रहेको छ । घटनाबारे जानकारी प्राप्त भएको र आज बिहान प्रहरी टोली जान लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





















































