काठमाण्डौं । काठमाण्डौंस्थित भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा व्यवसायी दुर्गा प्रसाईं र धरानका मेयर हर्क साम्पाङ समेत पुगेका छन् । प्रसाईंले दिउँसो प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटसमेत गरेका छन् । प्रधानसेनापति सिग्देलसँग भेटमा देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको प्रसाईंले बताएका छन् ।
‘यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ । मलाई नेतृत्वको मोह छैन,’ उनले भनेका छन्, ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।’
उनले जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेन वा शुशीला कार्की जसको नेतृत्व पनि स्वीकार्य हुने बताएका छन् । हर्क साम्पाङ चाहिँ यतिबेला जंगीअड्डामै छन् ।
उनीसँग भेटमा आएका विषयबारे सार्वजनिक भइसकेको छैन । दिनभर जंगीअड्डामा छलफल गरेका जेनजी प्रतिनिधिले चाहिँ शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने प्रस्ताव प्रधानसेनापति सिग्देलसमक्ष गरेका छन् ।