चारआली । झापाको मेचीनगर–११ र १२ मा पर्ने कालिका सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वका लागि निर्वाचनमा मतदान सम्पन्न भएको छ । मतदानमा २ हजार १७४ जना उपभोक्ता मध्ये १५९७ जनाले मतदान गरेका छन् ।
५७७ जना मतदाता भने मतदानमा सहभागी नभएको निर्वाचन संयोजकको भनाई छ । निर्वाचन मण्डलको संयोजक संयोजक सन्तोष मेचेका अनुसार बेलुका ९ बजेसम्म ४ सय मत गणना हुँदा साझा समूहबाट अध्यक्ष पदका प्रत्यासी उम्मेद्धार वीरबहाहुर तामाड (बाघ चिन्ह) ५६ मतले अगाडि छन् ।
साविक धाइजनको वडा नम्बर १, ४, २ र ६ को मत गणना हुँदासम्म अध्यक्ष पदमा तामाड अघि भएको जनाएको छ भने अन्य पदमा मिश्रित परिणाम आएको संयोजक मेचेले जानकारी दिए ।
मेचीनगर ११ को कार्यालयमा गणना हुँदैछ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका पार्टीको साझा समूहबाट नेतृत्वका लागि वीरबहादुर तामाङलाई अघि सारेका छन् भने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक प्रगतिशील प्यानल बनाएर अध्यक्ष पदमा खेमराज राई उठाएका हुन् ।





















































