झापा । झापाका माओबादी केन्द्रका नेता सञ्चार नेम्वाङको निधन भएको छ । काठमाडौंको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा आज उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । ४५ वर्षीय नेम्वाङ उच्च रक्तचापको समस्याको उपचारका क्रममा रहेका थिए । पूर्वजनमुक्ति सेनाका योद्धा नेम्वाङ नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य थिए ।
वाइसीएल लगायतका जनसंगठनमा उनले राजनीतिक नेतृत्व थियो । पाँचथरको फिदिम मूल घर रहेका उनका पत्नी र चार छोराछोरीसहित बिर्तामोडका बस्दै आएका थिए । नेम्बाङको शव काठमाडौबाट भोलि झापा ल्याइने पारिवारिक श्रोतले जनाएको छ ।





















































