बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रत्यक्ष कार्यकारीको ब्यवस्था ल्याउन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन् ।
शनिबार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रम ओलीले लोकप्रियको दम्भ देखाएको उल्लेख गर्दै नेता लिङ्देनले उक्त चुनौती दिएका हुन् । जनतामा धेरै नै लोकप्रिय छु भन्ने लागेको भए संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा प्रतिष्पर्धा गर्न चुनौती दिए, लिङ्देनले भने, `प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीको ब्यवस्था ल्याए भने आफू झापा क्षेत्र नम्बर ५ वा प्रम ओलीकै क्षेत्रबाट निर्वाचन लड्ने पनि उनले गरे ।
अब त्यो राजेन्द्र लिङदेन भन्ने मान्छेले झापामा कहाँबाट जित्दो रहेछ हेरौँला भन्नुभएछ,’ लिङ्देनले अघि भने, ‘… एउटा सांसद जित्नु मात्रै मेरो उद्देश्य होइन । समयले खोजेछ भने झापा ५ टाढा होइन, राजेन्द्र लिङदेन त्यहाँ गएर लड्न सक्छ ।’
उनले आफू सांसद मात्रै होइन वडाको सदस्य नै नभइ मर्न तयार रहेको पनि सुनाए । कार्यक्रममा केन्द्रीय सदस्य एबम् सांसद ज्ञानेन्द्र शाही, खुस्बु ओली लगायतले सम्बोध गरेका थिए ।





















































