झापा । झापाको कचनकवल गाउपालिकामा १६ वर्षीया बालिकालाई जंगलमा सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका ७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् । उनीहरूले  बालिकालाई ललाइफकाइ तथा डर त्रास देखाई पाथीभरा सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेका थिए । आइतबार दिउँसो बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएर टोलीले खत्री र तामाङलाई पक्राउ गरी जिल्ला पठाएको थियो । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।