सुरुङ्गा । झापाको शिवसताक्षीमा यात्रु बाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
पुर्वपश्चिम सडक खण्डमा कुन्जिबारी झापाबाट काँकरभिट्टातर्फ जादैं गरेको मे १ ख २७७३ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर-१० किराँत चौकमा यात्रुवहाक बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते सबैको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ पठाएको र बस चालक मोरङ उर्लाबारी नगरपालिका-४ का ५६ को मोहनलाल राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाएको छ ।
घाइते हुनेहरुमा जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं. ३ बस्ने ५३ की सुमित्रा कडरिया, बर्ष ७० की डिकमाया खतिवडा, सोही ठाउँ बस्ने बर्ष ५० की रुपादेवी उप्रेती, बाह्रदशी गाउँपालिका वडा नं.-४ का ४० की अस्मिमा खातुन उनको ५ निजको छोरी बर्ष १३ की सावरी खातुन घाइते भएका छन् ।
निज छोरी बर्ष ३५ की सफिना खातुन, सफिना खातुनको छोरा बर्ष ७ को ईसाफ आलम, निजकै छोरा फरियाफ आलम, जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ बस्ने३६ को निर्मला काफ्ले, सोही ठाउँ बस्ने ३४ को तुलसा गौतम, निजकै छोरा ११ को नितेश गौतम घाइते भएको प्रहरीले जनाएको छ।





















































