बुधबारे । ताप्लेजुङबाट यात्रुलिएर बिर्तामोडतर्फ आउँदै गरेको (इभी) इलेक्ट्रोनिक भ्यान गएराति बुद्धशान्ति सडकखण्डमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
राति बजे बुद्धशान्ति गाउँपालिका-३ धर्मकाटास्थित मेची राजमार्गमा प्र १-०१-००१ ज ४०८८ न. को इभी भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा निम्न मानिसहरु घाइते भएका छन् । चालक ताप्लेजुङ फुङलिङ गापा-२ बस्ने अन्दाजी बर्ष ३० का लाक्पा थेपेन शेर्पा, भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने बर्ष १२ का सेसेहाङ सुब्बा, ऐऐ बस्ने बर्ष ३४ की प्रेमा योङ्हाङ, ऐऐ बस्ने बर्ष ३२ की टिका लिम्बू, झापा अर्जुनधारा न.पा.-१० बस्ने बर्ष ४४ का बिजय लिम्बू, ऐ.ऐ- बस्ने बर्ष ४२ की मनकुमारी लिम्बू, भक्तपुर चाँगुनारायण न.पा.-१ बस्ने बर्ष १९ की सुविमा लिम्बू घाइते भएको र उपचारका लागि बिएण्सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झापा दमक -३ बस्ने बर्ष २१ की मनिता धिमाल, ऐ.ऐ.बस्ने बर्ष ४३ की रिता धिमाल, भ्यानमा सवार चालकसहित घाइतेहरुलाई उद्दार गरी उपचारको लागि पठाइएको, इभी भ्यान तत्काल घटनास्थलमा रहेको र बाटो अबरोध नभएको प्रहरीले जनाएको छ ।





















































