झापा । जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ।
दिउँसो देशका पहाडी भू(भागका स्थानहरूमा र तराई भू(भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार राति देशभर साधारणतया बदली रहनेछ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गणडकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





















































