चारआली । झापाको बुद्धशान्ति-४ बर्नेस्थित मेची राजमार्गमा स्कोरपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार  बुद्धशान्ति-४ बर्नेस्थित मेची राजमार्गमा इलामबाट बुधबारेतर्फ आउँदै गरेको बीआर ५५८५०० नम्बरको भारतीय स्कोरपियो र बिपरित दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१६प.३६६१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति-१ बस्ने ४६ वर्षीय ठाकुर अधिकारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ५;४० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

स्कोरपियो, मोटरसाइकल र स्कोरपियो चालक रौतहट बृन्दावन नगरपालिका-२ बस्ने ३४ वर्षीय प्रमोद पटेललाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।