चारआली । करिव तीन दशकदेखि `शव दाहसंस्कार´अन्त्येष्टि कर्म गर्ने सार्वजनिक स्थान देउनीया खोलाको किनारमा बिर्तामोड नगरपालिकाले फोहोरमैला फालेपछी सरोकारवलाले कार्वाहीको माग गरेका छन् ।
शवदाह गर्ने र मलामी पुग्ने स्थानमा बिर्तामोड नगरपालिकाले आफुखुसी फोहोर फालेपछि आक्रोशित बनेका सरोकारवालाले सम्बन्धित निकायमा कार्वाहीको माग गरेका हुन् ।
पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत झापाको मेचीनगर-१३ स्थित देउनीया खोला छेउ दक्षिणपट्टी बिगत झन्डै ३२ वर्षदेखि स्थानीयले शवदाह स्थल बनाएको छ । त्यस क्षेत्रका कमजोर आर्थिक अवस्थाका परिवारका सदस्यको निधनपछि देउनीया घाटमा अन्त्येष्टि गर्दै आएका छन् । नियमित जसो आउने शवको अन्त्येष्टि गरिने भएकाले स्थानीय दाताले मलामी टहरासमेत बनाइदिएका छन् । उक्त घाटस्थलमा नगरपालिकाले सरोकारवालाको आँखा छलेर बिगतदेखि नै दोउनीया खोलाको पश्चिम किनारमा फोहोर फाल्न जेसिभीको प्रयोग गरेपछी मेचीनगर -१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले हरियाली सामुदायिक वनका अध्यक्ष जगतकुमार राई, मेची सब डिभिजन वन कार्यालयका प्रमुख सुरज निरौलालाई खवर गर्दै शवदाह स्थलमै पत्रकार सम्मेलन गरेका थिए ।
उनले पर्यावरण, वातावरण, वनस्पति, जलस्रोत र भुगर्भको हिसाबले र वातावरण अध्ययानपछि आईई र इआइए परीक्षण समेत नभएको र सम्बन्धित नगरपालिका मेचीनगरलाई समेत जानकारी नगरेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । सो स्थाललाई शवदाह गृहको रुपमा ब्यवस्थापन गर्ने वडाध्यक्ष सिग्देलको बताए । दाताबाट आर्थिक सहयोग जुटिसकेकाले शवदाह गृह निर्माण गर्ने बताए । शवदाह निर्माणपछि मेचीनगर-१३ को आर्थिक सहयोगमा नि:शुल्क अन्त्येष्टि गरिने जानकारी दिए ।
त्यस्तै मेची सव डिभिजन वन कार्यालयका प्रमुख सुरज निरौला स्थानीय तहलाई फोहोर ब्यवस्थापनका लागि जमिन आवश्यक परेको खण्डमा डिभिजन वनसमक्ष भुउपयोगको माग गर्नुपर्ने र वनको भूगोल मेचीनगरकै रहेकाले सम्बन्धित नगरसँग समन्वय नगरी फोहोरमैला फाल्नु कानुनसम्बन्धि अनियमित कार्य रहेको बताए । उनले बिर्तामोड नगरपालिकालाई तत्काल पत्रचार गरेर स्पष्टीकरण माग गर्ने जानकारी दिए ।
हरियाली सामुदायिक वन समुहका अध्यक्ष जगतकुमार राईले बिर्तामोड नगरपालिकाले सामुदायिक वनसँग समन्वय नै नगरी फोहोर मैला फालेकाले आगामी दिनमा समितिले कडाइ गर्ने बताए । उनले ३२ वर्षयता तत्कालीन शनिश्चरे, अर्जुनधारा, गरामनी, दुवागढी, धाइजन गाबिसभित्र कसैको निधन हुँदा देउनीया खोलामा शवको अन्तिम संस्कार गरिँदैआएको छ । हाल प्रायः कमजोर आर्थिक अवस्थाका परिवारका सदस्यको शवको अन्त्येष्टि गरिँदै आएको छ ।
उता बिर्तामोड वडा नम्बर-६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वाले शवदाह स्थलमा फोहोर फालेर आफ्नो वडाले गलत काम गरेको स्वीकार गरेका छन् । उनले आगामी दिनदेखि त्यस्तो त्यहाँ फोहोर नफाल्ने फोनमा प्रतिबद्धता जाहेर गरे ।





















































