काँकरभिट्टाझापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउदैं गरेको अवस्थाबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।
शंकास्पद  अवस्थामा सिन्धुपाल्चोक जुगल गाउपालिका-२ बस्ने बर्ष २४ को रामहरी सिलवाल र बर्ष २३ को सुरेन्द्र सिलवालको शरीर चेकजाँचका क्रममा लागुऔषध फेला पारेको थियो। प्रतिबन्धित लागूऔषध खैरो हेरोईन २८ ग्राम ६९० मिलिग्राम फेला परेको र उनिहरु नियन्त्रणमामा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।