झापा । झापाको बाह्रदशी गाउँपालिका-७ को गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्राको खोलामा डुवेर मृत्यु भएको छ ।
बाह्रदशी गाउँपालिका-५ कालिदास टोलका दिलकुमार राजबंशीको १५ वर्षीया छोरी झरना राजबंशी घाँग्रा खोलामा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
माबीको कक्षा-१० मा अध्ययनरत ८ जना छात्रासँग पौडी खेल्ने क्रममा झरना राजवंशी पानीको बहाबमा परेपछि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिद्यालयबाट नजिकै पर्ने घाँग्रा खोलाकाे दहमा परी ३० मिटर दक्षीणमा झाँडीमा अड्केको अवस्थामा शव फेला परेको थियोे । थप अनुसन्धान भइरहेको इप्रका अनारमनीले जनाएको छ ।





















































