दमक । जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी झापा दमक नगरपालिका-१ कि महिला उपचारको क्रममा मृत्यु भएको छ ।
गत साउन ११ गते दमक-१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’ मा जाँदै गर्दा जङ्गली हात्तीले राईद्वायलाई आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा शुक्रबार विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो ।
मनिङ वर्कमा निस्किँदा बिहान करिब ४ः१५ बजे सुनितासँगै उहाँकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो ।
घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।