पाँचथर  । पाँचथरको फिदिमका एक बालक रक्सीको भाँडोमा डुबेर घाइते भएका छन् ।
बिहीबार बिहान पाँचथर फिदिम-३ सीमा चोकका सन्तोष गुरुङका १४ महिनाका छोरा खेल्ने क्रममा घरमा तयार गरेर राखेको रक्सीको भाँडोमा डुबेका थिए । भाडोको रक्सी चिसो भइसकेका कारण बालक मृत्युको मुखबाट बाच्न सफल भएको जनाइएको छ ।
सिकिस्त बालकलाई गणेशमान सिंह सामुदायिक अस्पताल पाँचथरमा पुर्याइएकोमा थप उपचारका लागि बिर्तामोड चिल्ड्रेन अस्पताल बिर्तामोड रेफर गरिएको प्रहरीले जनाएको छ ।