मेचीनगर । काेशी प्रदेश सरकारका खानेपानी तथा उर्जा मन्त्री एकराज कार्कीसहितकाे टाेलीले झापा मेचीनगर-६ काँकरभिट्टाका पहिराे पीडितसँग छलफल गरेका छन् ।
पहिरो पीडितसँग प्रभावित क्षेत्र, क्षतिको बिवरण, परिवारको अवस्थाको बिषयमा पीडित ज्ञानबहादुर गिरी, टंकबहादुर भारतीलाई भेटेर गुनासोसहित छलफल र अवलोकन गरेका हुन् ।
बिहीबार अपरान्हपछि मन्त्री कार्कीसहित संविधानसभा सदस्य तथा मेचीनगर नगरपालिकाका प्रथम नगरप्रमुख रविन काेईराला, काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङ , मेचीनगर नगरपालिका नगर प्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेख्रेल उप्रेती, मेचीनगर नगरपालिका वडानम्बर- ६ का वडाध्यक्ष ललितबहादुर तामाङलगायत पहिरो प्रभावित स्थलमा अनुगमन गरेका थिए ।
वडा सदस्यहरू ध्रुवकुमार राई, भविन्द्र सुब्बा, काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गाेबिन्द गिरी, समाजसेवी केवलराम राईसहितकाे टाेलीले स्थलगत अवलाेकन गरेकाे हो ।





















































