झापा । झापामा हल्दिवारीमा जंगली हात्तीले पाँचवटा घर भत्काएको छ । हात्तीको प्रतिकारमा आएकी एक महिला घाइते भएकी छन् । हल्दिबारी गाउँपालिका वडा न।३ बाघडाँडामा तीनवटा हात्तीले निमाई बानियाको टिनको छाना तथा टिनको घेराबेरा भएको घर, खरको छाना र टिनको घेराबेरा भएको भान्सा घर, सोही स्थान बस्ने हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर भत्काएको प्रहरीले जनाइको छ।
त्यस्तै सोही दिनको बिहानको राति ३ बजे हल्दिबारी गाउँपालिका वडा नं।२ भेलागुडी सिमसारमा ३ वटा जंगली हात्तीले खेम गौतमको टिनको छाना र बाँसको टाँटीबेरा भएको घर र सोही स्थान बस्ने ४८ वर्षीय नरेश खड्काको इटा सिमेन्टले बनेको टिनको छाना भएको १ तले घरको पूर्वपट्टिको वाल भत्काएको छ । हात्तीले वाल भत्काउँदा खड्काकी श्रीमती ४२ वर्षीया अम्विका खड्का घाइते भएकी छन् । उनको दाहिने हातको पाखुरा र कुममा चोट लागेको छ ।
घर भत्काउँदा अन्दाजी ७० हजार बराबरको क्षति भएको र हात्तीहरु नेपाल प्रहरी र स्थानीयको सहयोगमा जंगलतर्फ धपाइएको प्रहरीले जनाएको छ ।





















































