बिर्तामोड । पाँचथर फालेलुङ गाउँपालिका-७ आहाका महेन्द्र तामाङले पत्निको हत्या गरेका छन् । २७ वर्षीय  तामाङले फिदिम नगरपालिका-१ नाम्दुस्थित ससुराली घरायसी बिषयमा २२ वर्षीया पत्नि अनु राईलाई कोदालोको पासोले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।
घाइतेलाई जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतकको शव सोही अस्पतालमा रहेको छ । कुटपिट गर्ने श्रीमान महेन्द्र फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले  जनाएको छ ।