धाइजन । नेकपा (माओवादी केन्द्र) मेचीनगर-१४ का अध्यक्ष हेमकुमारी शिवाकोटी उप्रेतीलाई पितृशोक परेको छ । अध्यक्ष शिवाकोटीका जन्मदाता बुवा मेचीनगर-१४ निवासी टंकप्रसाद शिवाकोटीको ६४ वर्षको उमेरमा उच्च रक्तचापका कारण असामयिक निधन भएको हो । शिवाकोटीले मेचीनगर वडा नम्बर-१४ को दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
घाँस काट्ने क्रममा रक्तचाप बढेर लडेपछी ६४ वर्षीय शिवाकोटीलाई सोमबार उपचारका लागि बिएण्सी अस्पताल पुर्याइएको थियो । सघन कक्ष (आइसियु) मा राख्नेक्रममै मस्तिष्कमा रगतको मात्रा बढेसँगै थप उपचार सम्भव नहुने चिकित्सकको सल्लाहअनुसार राति नै घर फर्काइएको थियो । उनको मंगलबार बिहान ५:२७ मिनेटमा निघन भएको थियो ।
ताप्लेजुङ जिल्ला थिङलावु गा.वि.स. मैवाखोला ओखावुमा वुबा स्व. गंगाधर र स्व. हिमादेवी शिवाकोटीको कोखबाट २०१८ चैत ६ गते जन्मनुभएका स्वर्गीय शिवाकोटी बिस २०३२ सालमा झापाको बारहदशी गाउँपालिका र २०४५ सालमा सट्टाभर्ना अन्तरगत शान्तिनगर बर्नेमा, २०४७ सालमा खुट्टेडाँगीमा र २०५२ सालमा मेचीनगर-१४, जानकी टोलमा बसोबास गर्दै आएका थिए ।
उनका धर्मपत्नी अम्बिका शिवाकोटी छोराबुहारीहरु सुमन-उर्मिला, निर्मल- रेष्मा शिवाकोटी, छोरीज्वाईंहरु हेमकुमारी-प्रकाश उप्रेती, निरुता-पवन बिमली र स्व. दिक्षा प्रसाईं दुई नाति र एक नातिनी छन् ।





















































