दमक  झापाको दमकमा मर्निक वाकका क्रममा हात्तीे आक्रमण गर्दा दुई जना घाइते भएका छन् । दमक १ बरगाछीको भित्रि सडक खण्ड बस्ने बर्ष ४७ की सुनिता राई, ४२ की कविता राई  लाई बिहानको मर्निङ वाकमा बाटोमा हिड्ने क्रममा एक्कसी एउटा जंगली हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट सुनिता राईको टाउमा गहिरो चोट पुगेको छ भने दाहिने आँखी भौ, दुबै खुट्टा, बाँया हात र शरीरको बिभिन्नमा भागमा चोट लागेको प्रहरीले जनाएको छ । दुवैजना घाइतेको स्थानीय दमक अस्पताल उपचार भइरहेका छ । घाइतेको अवस्था भने सामान्य रहेको छ ।