हल्दिवारी । झापाको हल्दिवारीमा रोटी पकाउने क्रममा आगलागीमा परी घाइते भएका पाँच जनामध्ये एकजनाको मृत्यु भएको छ । घरधनी हल्दिवारी-४ ओली चौकका ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।
साउन ६ गते बिहान ८.४० बजे ओलीको ईटाले बनेको ३ तले पक्की घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्याँसमा अचानक आगो सल्केपछि गई आगलागी भएको थियो ।
सो आगलागीमा परी उनीसहित ५ जना घाइते भएका थिए । आगो निभाउने क्रममा घरधनी ओली, उनकी श्रीमती ५९ वर्षीया गंगादेवी ओली ,उनका छोरा बुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र भतिज २० वर्षीय आर्यन ओली घाइते भएका थिए । आगलागीमा घाइते भएका गंगादेवी र अनिता डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।





















































