झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापाले डाक्टर महावीर पुनलाई सम्मान गरेको छ । राष्ट्रिय
आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुनलाई प्याब्सन झापाले
सम्मान गरेको हो । प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता
तथा प्याब्सन केन्द्रीय कार्यसमिति सल्लाहकार गोविन्द लम्सालको प्रमुख
आतिथ्यता आयोजित कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।
डाक्टर
पुनको सम्मानपछि उनीद्वारा लिखित महावीर पुन सम्झना , सपना र अविरल यात्रा
नामक पुस्तक खरिद गरिएको प्याव्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीले
जानकारी दिए । उनका अनुसार प्याव्सन झापाले ५० थान पुस्तक खरिद गरेको छ ।
पुनको राष्ट्रव्यापी अभियानलाई सहयोग पु¥याउन पुस्तक खरिद गरिएको हो ।
उक्त कार्यक्रममा प्याब्सन कोशी प्रदेश कार्यसमितिका उपाध्यक्ष कोषराज प्याकुरेल, पूर्व केन्द्रीय सदस्य राम सिटौला, मोहन सुब्बा, प्याब्सन झापा प्रमुख सल्लाहकार गौरीमान फागो, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।