बिर्तामोड ।  झापाको  बिर्तामोड-७ का सम्प्राज लिम्बूको खेतमा धानको बीउ उखेल्ने क्रममा वडा नं ६ मंगलचोक बस्ने ५६ वर्षीय हेमप्रसाद रिजालको मृत्यु भएको हो । उनी अचानक ढलेर बेहोस भएपछि उपचारको लागि आफन्तले बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा दिउँसो १२ः५० बजे डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए ।