झापा । भारतको सिक्किम घर भएका एक ब्यक्ती बिर्तामोड-६ को एक सुँगुर फार्ममा मृत अवस्थामा फेला परेका छन् । बिर्तामोड-६ शुभबिहानी टोल बस्ने सरोज लावतीले संचालन गरेको सुँगुर फार्ममा काम गर्ने भारत सिक्किम घर बताउने ६५ वर्षीय डम्बरबहादुर मगर फर्मभित्रै ओछ्यानमा मृत फेला परेका हुन् । मृतकका आफन्तहरु भारतको सिक्किममै बसोबासरत रहेकाले आफन्तहरुलाई जानकारी गराउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसन्धान भइरहेको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।