मेचीनगर । खबरमञ्च साप्ताहिकको दसौं वार्षिकोत्सव एक विशेष समारोहबीच  बिहीबार  सम्पन्न भएको छ । मेचीनगर–७ स्थित खबरमञ्च साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले सूचना तथा सञ्चारको माध्यमबाट मानिसको बौद्धिक, मानसिक र पुर्वाधारमा गुणात्मक विकास हुने बताएका थिए ।IMG_20250717_150053

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणि ओली, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, जेष्ठ नागरिक समाजका प्रतिनिधि देवीप्रसाद काफ्ले, पूर्व शिक्षक अमर परियार, बोर्डरल्यान्ड दैनिकका सम्पादक झुलन रेग्मीले स्थानीय तहले सञ्चार क्षेत्रलाई ब्यवसायिक बनाउन प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।Messenger_creation_72067B81-054E-42B2-BE38-C7D59BD45AB4

वक्ताहरूले खबरमञ्चले विगत एक दशकमा स्थानीय पत्रकारितामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ सशक्त र उत्तरदायी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेती,पत्रकार सरोज पौडेल, प्रेस चौतारीका सदस्य पुष्कर गुरागाईं, किशोर उपरकोटी, विमर्श उप्रेती तथा मेचीनगर नगरपालिकाका प्रेस संयोजक अर्जुन कार्की, समाजसेवी हिरामोहन राजवंशी लगायतको उपस्थिति रहेको थियो।IMG_20250717_143608

पिताम्बर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले गरेका थिए।