दमक । खानापकाउने  ग्याको पाइप लिक भएर आगलागी हुँदा झापाको दमक-६ को सेवारो होटल एन्ड सेकुवा कर्नरमा १३ लाख बराबरको क्षति भएको छ ।
दिलमाया लावतीले सञ्चालन गर्दै आएको सो होटलमा ग्यास पाइप लिक भएर आगलागी भएको हो । आगलागीबाट होटल, फ्रिज, इन्भर्टर, खाद्यान्न, लत्ताकपडालगायत गरी अन्दाजी १३ लाख बराबरको क्षति भएको दमक प्रहरीले जनाएको छ । आगलागीबाट सोही स्थानमा रहेको ज्ञानु रिजालको दुई तले पक्की घरको पछाडी पट्टीको झ्यालको सीसा–७ वटा र घरभित्र रहेको लत्ताकपडा जल्दा अन्दाजी एक लाख पचास हजार बराबरको क्षति भएको छ ।
दमक नगरपालिका , उर्लाबारी नगरपालिका र कमल गाउँपालिकाको दमकल , प्रहरी , नगर प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाई  छ ।