झापा । तिघ्रामा सिसा प्रहार गरी गम्भीर घाइते भएका झापा बिर्तामोड-९ का २५ वर्षीय अनन्त राजवंशीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार राजवंशीले दराजको सिसा फुटाई आफ्नै दाहिने तिघ्रामा सिसा रोपेका थिए । सिसा फुटाएर आफ्नै तिघ्रामा रोपेपछि राजवंशीकी सानीमाले उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक राजबंशी केही वर्षदेखि मानसिक रोगी रहेको पारिवारिक श्रोतले जनाएको छ ।