गौरीगन्ज । ४५ जना जन्ती लिएर माधक पर्दाथ सेवन गरेर झापाको गौरीगञ्जमा स्कुल बस चलाउदा १६ जना घाइते भएका छन् ।
कोरोबारी सनसाइन इङ्गिलस स्कुलको प्र १–०१–००१ क १५३५ नम्बरको बसले जन्ती लिएर अल्ताबारीतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकमा पल्टिदा उक्त संख्या जन्ती घाइते भएका हुन् ।
घाइते १६ जनामध्ये ८ जनालाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ भने ८ जनाको गौरीगञ्ज आधारभूत अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए ।
चालक ४१ वर्षीय सुरेन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएकोले दुर्घटना भएको स्थानीय वासीहरुले बताएका छन् ।





















































