झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का एक सय ९५ जना भूमिहीनले जग्गाको धनीपुर्जा पाएका छन् ।

लामो समययता धनीपुर्जाको पर्खाइमा रहेका त्यहाँका सर्वसाधारणले सोमबार वडा कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री तथा झापा नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले धनीपुर्जा वितरण गरेका हुन् । 

धनीपुर्जा पाएपछि अधिकांश ८० बर्ष उमेर नाघेका बयोबृद्दाहरू जग्गा धनीपुर्जा दिएकोमा खुशी व्यक्त गरेका थिए ।

माग अनुसारको धनीपुर्जा दिलाउन गाउँपालिका कार्यालयले अझ धेरै काम गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताए। 

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले धनीपुर्जा दिएर मात्र दायित्व पूरा नहुने भन्दै त्यस्को प्रयोगको कार्यान्वयन अझ सरल बनाइदिन आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रस महान्त्री शर्माले देशमा केही नभएको होइन, धेरै कुरा भइरहेको बताए। शर्माले महंगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको बताए। कार्यक्रममा बोल्दै आफूलगायतले गरेको आग्रहलाई सरकारले उक्त राजस्व आधा घटाएको उनले बताए।