धुलाबारी । झापाको धुलाबारी बजारको सुरक्षार्थ सी.सी.क्यामेरा जडान गर्ने निर्णय गरेको छ । त्यहाँको परिस्थितिलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय धुलाबारीमा आयोजित भेलाले शान्ति सुरक्षा कायम गराउनका लागि सी.सी.क्यामेरा जडान गरिने भएको हो ।
सी.सी.क्यामेरा जडानका लागि मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेम प्रसाईको अध्यक्षतामा उपाध्यक्ष रविनकुमार बस्नेत र मिलनराज प्रसाई, सचिव प्रकाश खडका रहेको मूल समिति गठन गरिएको छ ।
जसको संरक्षकमा वडा न.१० का वडाध्यक्ष नारायण खनाल र इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी रहेका छन् ।





















































