झापा । झापाको भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना कारोबारी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार दिउँसो भद्रपुर–८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडिबाट भागने क्रममा कारोबारी पक्राउ गर्न दुई राउन्ड गोली चलाएको थियो । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ का मनिसुर आलम र कचनकवल गाउँपालिका –५ बस्ने बर्ष ५५ का नशरुद्धिन मिया रहेका छन् ।

गोली लागेर एक जना घाइते भएका छन् अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमध्ये एक जना नेपाली र अर्का भारतीय नागरिक रहेको बताइएको छ ।

उनिहरुको साथबाट प्रहरीले ब्राउन सुगर समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए। नियन्त्रणमा आएकाहरुसँँग अन्य कारोबारी समेत रहेको आशंंकामा उनिहरुको नाम नखुलाएको बताए ।