रसुवा । चीनसँग नाका पर्ने रसुवागढीमा आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार सहित १८ जना रहेका छन्।
चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १८ जना बेपत्ता भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । वेपत्ता भएकाको खोजीकार्य तीब्र बनाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जनाएको छ । उनका अनुसार बेपत्ता हुनेमा रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको उनले बताए ।





















































