झापा । नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेको हो
सङ्घले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आज आकस्मिकबाहेकका सेवा ठप्प पारेको हो । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही ग्रान्डी अस्पताल र चिकित्सकमाथि ५७ लाख १९ हजार क्षतिपूर्तिसहित कारबाहीको फैसला गरेको थियो ।
यसैगरी, हिमाल अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई रु एक करोड ४५ लाख क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतले फैसला गरेको थियो भने ओम अस्पताललाई रु ५० लाख ७० हजार तिर्नुपर्ने फैसाला गरेको थियो । चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीले चिकित्सा पेसालाई अत्यन्त संवेदनशील, वैज्ञानिक र नैतिक सेवा भएको बताउँदै यसलाई अन्य व्यवसायजस्तो मूल्याङ्कन गरी निर्णय गर्नु अस्वीकार्य हुने बताए ।
यसैबीच पुर्वको झापाको मेची प्रादेशिक अञ्चल अस्पतालसहित अन्य अस्पतालहरुले आकास्मिक सेवा बन्द गराएका छन् । स्वास्थ्य सेवालाई उपभोग्य वस्तुसेवाको रुपमा लिइएर कार्वाही गरेको विरुद्धमा आफ्नो अस्पतालको ऐक्यबद्द्ता रहेको ओमसाई अस्पताल प्राली भद्रपुरका प्रबन्ध निर्देशक बालकृष्ण पोख्रेलले बताए ।





















































