झापा । झापाको शिवसताक्षीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
झापा शिवसताक्षीका सुमन राईकी छोरी सुरविरा राईलाई स्वास्थ्यमा समस्या भएपछि बिहीवार बीएण्डसीमा भर्ना गरिएको थियो । हिजो बिहान ८.२५ बजे उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिएका छन् ।




















































