मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी बजेटमार्फत बिपन्न  परिवारलाई  खानेपानी धारा जडान गरिदिने भएको छ ।
नगरसभाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने निर्णय गरेको  हो । खानेपानीको धारा जडानका लागि नगरले ४७ लाख ५० हजार रुपैयाँ बजेटमा छुट्टाएको उल्लेख  छ ।
सोही अनुरुप यसपटक बजेट उक्त कुरालाई सम्बोधन गरिएको छ । उनले खानेपानी संस्थाहरुसँगको सहकार्यमा अति विपन्न परिवारको कार्यविधि बनाएर धारा जडान गरिने मेचीनगर पालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले जानकारी दिए ।