Screenshot_2025-06-29-13-16-37-306_com.frontrow.vlog-edit  आज २२ औं राष्ट्रिय धान दिवस । सरकारले घोषित रुपमा असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ । किसानलाई प्रोत्साहन गर्न सरकारले २०६१ साल असार १५ गतेदेखि उक्त निर्णय गरेको भएपनी दिवस अभियान खास अपेक्षाअनुकुल हुन सकेको पाइदैन । यसको उद्देश्य भनेको धानबालीको प्रवद्र्धन गर्नु थियो।
अन्य बालीभन्दा धान बाली नै प्रमुख बालीका रूपमा मानिँन्छ । हिमाली क्षेत्रमाबाहेक पहाडी क्षेत्र, भित्रीमधेस तथा तराईमा धानको खेती हुने गर्छ । नेपालमा विभिन्न खालका अन्न, तरकारी तथा नगदे बालीहरू पनि उत्पादन हुन्छ । ती बालीको आफ्नै महत्व छ । तर धानको जतिको विशेष महत्त्व अन्य बालीमा पाइदैन ।
हिमाली क्षेत्रको केही स्थानमा र पहाडी क्षेत्रमा धान उत्पादन हुने गरेको पाइन्छ। तर तराई क्षेत्रमा जतिको हिमाली र पहाडी क्षेत्रमा धान उत्पादन कमै मात्रमा हुने गरेको छ । जहाँ उत्पादन कम हुन्छ त्यहाँ धानको माग र त्यसको महत्त्व अझ बढी हुने गरेको छ । हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूले चामललाई खास चाडपर्वमा मात्रै बढी प्रयोग गर्दै आएको पाइन्छ ।
धानको माग देशभर बढेको पाइन्छ । नेपालमा उत्पादन भएको धानको परिणामले धान्न सक्ने अवस्था भने छैन । धेरै प्रकारका धानका प्रजाती भएपनि उपयुक्त र किसानका लागि राम्रो र परिमाममा उत्पादन दिने धान भने नेपाल पाइदैन । धान उत्पादनमध्ये मार्सी धान पछिल्लो समयमा प्रख्यात छ । यसको आन्तरिक र बाह्यय देशमा पनि उत्तिकै माग रहेको पाइन्छ ।
विशेष गरेर नेपालको पहाडी क्षेत्रमा मात्रै फल्ने भएकाले पनि यसको माग बढेको पाइन्छ । मार्सी जस्तै अन्य कुनैपनि जातको प्रजातिको धान किसानलाई आवश्यक परेको छ । जुन प्रजातीको धानको माग बिश्व बजारमा छ । त्यस्तो प्रजातीको धानको बीउ सरकारले उपयुक्त र सहज ढंगले किसानसामु उपलब्ध गराउन सक्नुपर्दछ ।
पहाडमा बसोबास गर्ने मानिसहरू कोदो, फापर, मकै, जौ, गहुँ, आलु, उवा, करु, कागुनो जस्ता अन्न तथा कन्नदमूलहरूमा निर्भर रहँदै आएकोमा हाल देशका प्रायः जसो ठाउँहरूमा मोटर बाटो पुगिसकेको हुँदा ती ठाउँहरूमा पनि तराईको चामल पुगिसकेको अवस्था छ ।
धानको एकातिर परम्परागत जातका धानहरू लोप हुँदै गएका छन् र तिनका ठाउँमा विकासे जातिहरूको उन्मोचन गरिँदै छ भने अर्काेतिर खेतीमा उत्साह र जागरुकता पनि घटिरहेको छ। स्वरोजगारमा प्राथमिकता नहुँदा नेपाली युवा बिदेश पलायनले उर्भर जमिन तथा खेतबारीहरू बाँझै छन् ।
नेपालमा उर्भर खेतीयोग्य जमिन भएकाले पनि कृषी क्षेत्रले पनि जनस्तर उकास्न सकिने आधार प्रशस्तै छन् । तर राज्यले कृषि प्रदान देश भनेपनि कृषिमैत्री र किसानलाई प्रोत्साहन गर्ने नीति कार्यक्रम ल्याउन नसक्दा कृषि क्षेत्रमा लाग्ने युवाहरुको पलायन बड्दो छ ।
सरकारले  कृषकलाई आवश्यक नयाँ उपकरण, नयाँ प्रविधि, रासायनिक मल तथा विषादीको ब्यवस्थापन, हाइब्रिड, उन्नत जातका धानकासहित कृषि बिमा, सिचाइमा सहुलियत र उत्पादित अन्न तथा बालीको उपयुक्त बजारको ब्यवस्थापन गर्न सके युवाहरु कृषि क्षेत्रमा कृयाशील हुने पक्का छ।
नेपालका युवाहरु कृषि उत्पादनबाटै स्वरोजगार र आत्मनिर्भर बन्ने मात्रै होइन बिदेशबाट कृषिजन्य आयतका लागि सरकारले खर्चिदै गरेको अर्वौ रकम नेपालमै रहन्थ्यो । राष्ट्रिय धान दिवस प्रभावकारी बनोस् सबैमा शुभकामना ।