अर्जुनधारा । झापाको अर्जुनधारा-१० कालिस्थानमा आगलागी हुँदा करिव ४ लाख ५० हजार बढीको क्षति भएको छ ।
हिजो साँझ ५.२५ बजे गणेश चौलागाईको ग्वालीमा अचानक आगलागी भएको हो । आगलागीबाट ग्वाली र ग्वालीभित्र रहेका धान, मकै, कुटी काट्ने मेसिन, काठपात, घरनजिकै रहेको परालको कुन्यू र एउटा बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ अस्थायी प्रहरी पोस्ट सालबारीबाट प्रहरी टोली खटिएर स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ६ः१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।