बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनले शिक्षण संस्थालाई पालिकाले सहयोग गर्न कानुन बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
सीता-रमेश क्याम्पसलाई गाउँपालिकाले आर्थिक अनुदान दिने प्रस्तावमाथि चौतर्फी बिरोधपछि शिक्षण संस्थालाई पालिकाले सहयोग गर्न कानुन बनाएर अघि बढ्ने संकल्प प्रस्ताव पारित हो ।
गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले अन्य प्रस्तावसहित क्याम्पसलाई अनुदान दिने निर्णयार्थ प्रस्तुत गरेका थिए ।
उक्त क्याम्पसलाई अनुदान दिने बिषयमा प्रस्ताव राखेपछि दुई पटकसम्म स्थगन भएको गाउँसभा शुक्रबार पुनः बसेको थियो । बैठकले प्रस्ताव पेश गरेपछी सदस्यहरूले ‘हुन्न’ भनेपछि उक्त प्रस्ताव अस्वीकृत भएको हो। शिक्षण संस्थालाई आर्थिक सहयोग गर्ने विषयमा आगामी आर्थिक बर्षको पहिलो त्रैमासिकभित्र कानुन बनाएर व्यवस्थित गर्ने सभाले संकल्प प्रस्ताव पारित गरेको छ।
सोही विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा एमालेका सदस्यहरूबीच मतान्तर रहेकाले समस्या भएको हो ।