झापा । २ केजी गाँजासहित झापा अर्जुनधाराका दुईजना पक्राउ परेका छन् । अर्जुनधारा-६ पुष्पलाल चौक बस्ने बर्ष अन्दाजी ५९ की अमृतमाया लिम्बूको घरमा लागूऔषध गाँजा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा शनिश्चरे प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम र इलाम-१२ स्यानाङ्बा घर भई हाल अर्जुनधारा-१ स्थित निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्ने बर्ष अन्दाजी २० का रोशन भट्टराईको साथबाट ६ ग्राम ६३० मिलिग्राम गाँजा बरामद भएको हो ।
गाँजासहित दुबैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





















































