काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ ।
बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच श्रममन्त्री शरत सिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेका हुन् । श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी श्रम सञ्चार एप ल्याइएको श्रम मन्त्रालयले जनाएको छ ।
एपमा विदेशमा रहेका नेपालीहरुले आफ्नो विवरण दर्ता गराएपछि यस मार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरु रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुने श्रममन्त्री भण्डारीले जानकारी दिए ।
एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहत प्रदान गर्ने उनको भनाइ छ ।





















































