भद्रपुर । झापाको भद्रपुरमा नातिले ७२ वर्षीया हजुरआमामाथि खुकुरी प्रहार घाइते बनाएका छन् ।
बिहीबार बिहान अन्दाजी ५ बजे भद्रपुर नगरपालिका-१० स्थित सत्रबिगेमा सोही ठाउँ बस्ने २७ वर्षीय महेश सुबेदीले पैसा माग्दा नदिएको भन्दै ७२ बर्षीया हजुरआमा थिनमाया सुबेदीमाथि खुकुरी प्रहार गरेर गरेका थिए । खुकुरीले थिनमायाको चिउडो काटिएको छ ।
घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । खुकुरी प्रहार गर्ने नाति महेश सुबेदी फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । केही समययता छोराबाट अलग हुँदै थिनमाया एक्लै बस्दै आएकी थिइन् ।





















































