झापा । चितवनमा पति र पत्नि दुबैजना भिरबाट हाम फाल्दा  एकजनाको  मृत्यु भएको छ । पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्।

भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार  पतिसँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्।

लगत्तै उनका श्रीमान् लीलाबहादुर पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र पति प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए।