दमक । दुईदिन अघि घरबाट हिडेका बालकको शब झापाको कमल गाउँपालिका-१ स्थित कृष्णे खोलामा फेला परेको छ । कृष्णे खोलाको बगरमा कमल वडा नं.१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पाको शव भेटिएको हो । उनी दुई दिनअघि जानकारी नगराई घरबाट हिडेका थिए । घर नफर्केपछि छरछिमेकी, आफन्त र नातागोतामा खोजतलास गरिएको थियो । उनी फेला नपरेपछि उनका बुबाले हिजो प्रहरी चौकी तोपगाछीमा हुलिँयासहितको निवेदन दिएका थिए ।





















































