शहरेडाँगी । झापाको मेचीनगर वडा नम्बर -१२ ले आफ्ना वडावासीलाई १३ सय फलफूलका बिरुवा वितरण गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को योजनाको बजेट एकलाख पचास हजारबाट फलफूलको बिरुवा वितरण गरेको हो ।Screenshot_2025-06-24-18-27-21-839_com.miui.gallery-edit
वडाभरका इच्छुक सर्वसाधारणलाई लक्षित गरेर यो पटक उन्नत जातका फलफूलका बिरुवा नि:शुल्क वितरण गरेको मेचीनगर वडा नम्बर-१२ का अध्यक्ष मधुसूदन निरौलाले जानकारी दिए ।FB_IMG_1750766739629
उनका अनुसार आँप, लिची र कागतीका ३/३ सय बिरुवा र अम्बक र अमलाका २/२ सय बिरुवा नि:शुल्क वितरण गरेको हो । अन्य सिकाई तथा तालिमका कार्यक्रमभन्दा फरक र प्रभावकारी हुने भएकाले फलफूलका बिरुवा वितरण गरिएको अध्यक्ष निरौलाको भनाई छ ।FB_IMG_1750766730624
वडाभित्रका सबै टोल विकासमा खबर गरेर मंगलबार बिहान वडा कार्यालय परिषरमा फलफूलका बिरुवा वितरण गरिएको वडा सदस्य मनोज खरेलले जानकारी दिए ।