बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा वार्षिक नीति तथा कार्यक्रम पास हुन सकेको छैन । 

शुक्रबार उद्घाटन गरेको १६ औं गाउँसभा अधिवेशनको दोस्रो सभा सोमबार पनि बसेको थियो । 

उक्त सार्वजनिक गरेको बजेट छलफल तथा संसोधनसहित पारित गर्न तोकिएको दिनमा बसेको सभामा पनि नीति तथा कार्यक्रम साथै सर्वसम्मत रुपमा बजेट पास हुन सकेन । पुनः १३ गते शुक्रबारलाई सभा बस्ने गाउँपालिका अध्यक्ष मनोज प्रसाईले जानकारी दिए ।

शुक्रबार गाउँ सभाले आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरेको थियो ।

सभामा सदस्यहरुले विभन्न कार्यक्रमलाई संसोधन गर्न आफ्नो कुरा राखेका थिए । सभाका २४ जना बहुमत सदस्यहरुले बुद्धशान्ति-१ को सीतारमेश बहुमुखी क्याम्पस निर्माणका लागि आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममा क्याम्पसलाई १५ लाख बजेट छुट्याइएको थियो ।

आगामी बजेटमा समावेश गरिएको उक्त क्याम्पस  निर्माणका क्रममा महालेखाले बेरुजुमा राखेकोले पुःन लगानी गर्ने गरीको बजेट प्रस्तावमा असहमति रहेको जनाउँदै हस्ताक्षर गरेर सभाका सभापतिलाई निवेदन बुझाएका थिए । सोही असहमति बिषयलाई लिएर आगामी वर्षका लागि नीति तथा कार्यक्रम सारिएको बताइएको छ ।