बाह्रदशी । बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६ सय रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँसभाको सोमबार सुरु भएको बैठकमा गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाइले विकास विभिन्न योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपाध्यक्ष शान्तादेवि शिवाकोटीले सभामा प्रस्तावित आयव्यय सहितको बजेट प्रस्तूत गरेकी थिइन् ।
कोशी प्रदेश गाउँसभा र नगरसभा संचालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम गाउँसभाको १७ औं अधिवेशनको संचालन गरिएको थियो । सभाको सहजिकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले गरेका थिए।





















































