दोमुखा । मुद्रण उद्योग संघ झापाको आयोजनामा शनिबार झापा दोमुखामा डिजिटल मार्केटिङ तथा कार्यालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
नेपाल मुद्रण उद्योग महासंघका सहकोषाध्यक्ष राजु पोखरेलले उद्घाटन गरेपछी सुरु भएको तालिमको सहजीकरण विमल राजवंशी र साइमनजंग बस्नेतले गरेका थिए । राजवंशीले डिजिटल मार्केटिङ र कार्यालय व्यवस्थापन बारे प्रशिक्षण दिएका थिए भने बस्नेतले सामाजिक सञ्जालको प्रयोग र यसमा व्यवसाय प्रबर्द्धन कसरी गर्न सकिन्छ भन्ने बारे प्रस्ट पारेका थिए ।
डिजिटल माध्यमबाट आफ्नो व्यवसाय प्रबर्द्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा झापाभरिका ७० जना मुद्रण व्यवसायीहरुको सहभागिता रहेको थियो ।
संघका झापा अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा कार्यक्रममा
संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठ, संघका केन्द्रीय सदस्य गोविन्द निरौला, संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
संघका उपाध्यक्ष याम थुलुङले स्वागत र सचिव भानु खनालले सञ्चालन गरेका थिए ।





















































