झापा । प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनालाई  पितृ शोक परेको छ  ।

दुधौली नगरपालिका-२ सिन्धुली, स्थायी बसोबास रहेका डिएसपी तिम्सिनाका पिता केदारनाथ तिमल्सिनाको ७० वर्षको उमेरमा निधन भएको हो।  तिमल्सिना इलाका प्रहरी कार्यालय दमकका इन्चार्ज हुन् ।

सामाजिक तथा धार्मिक व्यक्तित्वका रूपमा परिचित तिमल्सिनाको बुधबार निधन भएको हो। २०१२ साल चैत्र ८ गते बुधबार नै जन्मिएका तिमल्सिनाका श्रीमती कमलादेवी तीन छोरा बुहारी रहेका छन्। तीनजना छोरा बुहारी नै सरकारी सेवामा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ।